२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

दक्षिण अफ्रिकामा नेपाली युवक अलपत्र

वासिङ्टन डिसी— एक नेपाली युवा दक्षिण अफ्रिकाको डर्बानमा अलपत्र परेका छन्। सात महिनाअघि अवैध रुपमा रोजगारीका लागि त्यहाँ पुगेका ताप्लेजुङ घर भएका नैनाकुमार सान्बा लिम्बु र उनीसँगै गएका नेपाली युवासँग स्थानीय गुण्डा समूहको झगडा भएको थियो।सो क्रममा उनले स्थानीय गुण्डाहरुलाई ज्यानमार्ने धम्की दिएका थिए। सोही कारण अहिले उनी लुकेर बस्नु परेको छ।

उनले आफू नेपाल फर्किन चाहेको बताएका छन्। उनीको नेपाल फिर्ताका लागि गैरआवसीय नेपाली संघले पहल सुरु गरेको जनाएको छ।

एनआरएनका कोषाध्यक्ष हिक्मत थापाले आफूले दक्षिण अफ्रिका स्थित नेपाली दूतावासलाई सहयोगका लागि आग्रह गरेको अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले बताए। उनलाई उद्धार गरी नेपाल पु¥याउन पहल भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ४ माघ २०७२ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App