मन्त्री पटेल र सांसद ब्लाकम्यान कन्र्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्छन्। बेलायतमा उनीहरु हिन्दू समुदायप्रति सकरात्मक पाइन्छन् । नेपाली हिन्दू फोरमका अध्यक्ष सूर्य उपाध्यायको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा संस्थाक सदस्य तथा व्यवसायी रवी लामिछाने, सल्लाहकार पण्डित दुर्गा पोखरेल, शंकर दाहाल र महासचिव चिरञ्जीवी पौडेल सहभागी थिए ।
ब्रिटिस हिन्दू समूहका संसदीय समिति अध्यक्ष ब्लाकम्यानले प्रतिनिधिमण्डलसँगको भेटमा भारतले गरेको अघोषित नाकाबन्दीले विगत केही महिनादेखि नेपाल अप्ठ्यारो अवस्था रहेको समेत चर्चा भएको थियो । यही नाकाबन्दीका कारण भूकम्पले ध्वस्त भएको संरचना पुननिर्माणमा ढिलाइ भएको समेत भेटमा छलफल भएको थियो । यो घटनालाई गम्भीरताका साथ लिएको र आफू जहिले पनि नेपालको पक्षमा रहने सांसद ब्लाकम्यानले बताए ।
प्रकाशित: ३० पुस २०७२ ०१:५१ बिहीबार





