२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

बागलुङ समाज जापान गठन

काठमाडौं- जापान आएका बागलुङबासीको भेलाले बागलुङ समाज जापान गठन गरेको छ। नयाँ बर्षको अवसरमा टोक्यो को सिन्जुकुमा सम्पन्न भएको भेलाले रामबहादुर थापा (राजबिन) को अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।समाजको उपाध्यक्षमा राज केसि, महासचिवमा कृष्ण सुवेदी, सचिवमा सुर्य खडका र कोषाध्यक्षमा शिद्धार्थ श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरको छ । यसैगरी समाजको सदस्यहरुमा सचिन आचार्य , बिना खड्का , यदुराम सापकोटा , दिवाकर शाक्य , दुर्गा आचार्य , नारायण कडेंल श्रृजना साकोटा, अर्जुन बिक ,तिर्थनाथ साकोटा, नारायण जैसी र पदम जि सि रहेका छन् । भेला अन्तराष्ट्रिय तेक्वान्दो संघ जापानका अध्यक्ष शिद्धार्थ श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: १८ पुस २०७२ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App