coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन्। प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिँदै दुई मुलुकसँग २०० वर्षभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरु सम्बन्धित क्षेत्रसम्म पुर्‍याउन बेलायतस्थित नेपाली संचारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।

देउवाले आइतबार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरुले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने कुरामा विश्वास लिएका छन्।  

उनले सन् १९९० पछि नेपालीहरु संसारभरि पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए।

देउवाले प्रवासबाट संचालित नेपाली संचार माध्यमहरुले गैर आवासीय नेपालीहरुलाई नेपालसंग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्याहरु पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन्।

प्रकाशित: २५ असार २०७९ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App