६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

एनआरएनले १० करोड रुपैयाँको औषधि नेपाल पठाउने

लन्डन- भारतकाे नाकाबन्दीले नेपालमा औषधिको अभाव बढ्दै गएपछि गैरआवासीय नेपाली संघले अत्यावश्यक औषधि नेपाल पठाउने तयारी गरेको छ। संघको आइतवार सम्पन्न बैठकले मुलकमा परेको मानवीय संकटका बारेमा छलफल गर्दै तत्काल औषधि पठाउने निर्णय गरेको हो।संघका महासचिव डा. बद्री केसीका अनुसार भारतीय नाकाबन्दीका कारण औषधि, लगायत अत्यावश्यक समान नेपालमा अभाव भएकाले गैरआवासीय नेपालीको तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले १० करोड रुपैयाँको औषधिलगायतका सामग्री विभिन्न अस्पतालमा पुर्याउने तयारी गरिएको हो।

मानवीय संकटका कारण औषधि अभाव भएकाले भन्दै बैठकले विशेष प्रस्ताव पास गर्दै एक महिनासम्म नेपालमा आवश्यक औषधि उपलब्ध गराउने निर्णय गरेको महासचिव डा. केसीले बताए।

नेपालमा पठाउने औषधि किन्न एनआरएन अध्यक्ष शेष घले ५० लाख, जमुना गुरुङ ५० लाख, भवन भट्ट २० लाख, कुमार पन्त १० लाख, एसी शेर्पा ५ लाख, कुल आचार्य ५ लाख, सोनाम लामा ५ लाख, दावा शेर्पा (जर्मनी) पचास हजार, डा. बद्री केसी (रसिया) एक लाख, एनआरएन महिला फोरम एक लाख, सपिला राजभण्डारी (रसिया) ३० हजार, रजनी प्रधान बेल्जियम ३० हजार, डिबी क्षेत्री (ओमन) २० हजार, महेन्द्र लम्साल (अस्ट्रेलिया) १ लाख, प्रेमबहादुर गुरुङ (बेल्जियम) ५० हजार, रमेश जोशी (अस्ट्रेलिया) ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । केसीका अनुसार यूरोप, अमेरिका, ओसियाना, एशिया क्षेत्रबाट दुई दुई करोड र बाँकी क्षेत्रबाट २ करोड रुपैयाँ जम्मा गर्ने एनआरएनको योजना छ।

इन्टरनेट कन्फरेन्सबाट भएको संघको पूर्ण बैठकले विभिन्न पदमा मनोनयन समेत गरेको छ। बैठकले प्रमुख संरक्षकमा जीवा लामिछानेको नाम सर्वसम्मतले पारित भएको छ। यसैगरी संरक्षकमा कुलचन्द्र गौतम, दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोलको नाम बैठकले मनोनयन गरेको छ।

यस्तै बैठकले सल्लाहाकारमा डा. हेमराज शर्मा, विश्वआदर्श पण्डित, त्रिलोक गुरुङ, विश्वकान्त मैनाली, एकनाथ खतिवडा, लोकभक्त राणा, पुष्प थापा, पीजी शेर्पा, कनैयालाल श्रेष्ठ, दिपक खड्का, चन्द्र रोकालाई सर्वसम्मतले मनोनयन गरेको छ ।

यसैगरी आइसीसी सदस्यहरुमा अमेरिका, सुनिता शर्मा, नवीन शेरचन, खगेन्द्र जिसी, एशिया प्यासिफिक, सोमचई क्षेत्री, भूषण घिमिरे, यूरोप, जयप्रकाश गुरुङ, सोम सापकोटा, जानकी गुरुङ, मध्यपूर्व, एसमिन बेगम, ओसियाना, धर्मराज अधिकारी, जमुना गुरुङ, अध्यक्षबाट चयन गरिएका ऋषि कँडेल, भूमा लिम्बु, योगन क्षेत्रीको नाम प्रस्ताव गरिएको छ। विधान समितिको संयोजक डा. हेमराज शर्मा, प्रवक्तामा रन्जु थापा मनोनित भए ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेको आइतवार बसेको बैठकमा नेपालका औषधि पठाउनका लागि ७ लाख १५ हजार रुपैयाँ संकलन भएको छ। एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङका अनुसार एनआरएन यूकेले मात्र करिब २० लाख रुपैयाँको औषधि नेपाल पठाउने तयारी गरेको छ। यसअघि प्रधानन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न र अत्यावश्यक औषधिका लागि सहयोग गर्न आग्रह गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०७२ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App