'जापानको व्यस्थताका बाबजुद पनि केही समय मिलाएर बहिनीको हातबाट टीका लगाएँ', कृष्ण तिमल्सिनाले भने, 'देउसी खेल्न चाहिँ भ्याइएन।'
'जापान आएको ४ वर्ष हुन लाग्यो हरेक वर्षको तिहारमा मेरो निधार खाली नै रहन्छ', अर्का नेपाली सुरज गिरीले तीतो अनुभव सुनाए। भाइटीकाको दिन दिदीबहिनीहरुको यादले सताउने उनले सुनाए।
टोकियोमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै आफ्नो संस्कृति र परम्परा मनाउने चलन बढ्दै गएको छ।
जापानका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुले जमघटगरी देउसी भैलो खेलेर पनि तिहार मनाएका छन्।
प्रकाशित: २९ कार्तिक २०७२ ०१:४४ आइतबार





