६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला

काठमाडाै‌ं– जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला सम्पन्न भएको छ। एनअारएन जापान कान्तो क्षेत्रले अायाेजनामा बिहीबार भएको रोजगार मेलामा जापानको अध्ययन पूरा गरी रोजगारको खोजीमा रहेका करिब ३०० जना नेपाली विद्यार्थी सहभागी भएका थिए।

जापानमा पछिल्लो समय नेपाली विद्यार्थीको उल्लेख्य आगमन भएसँगै पढाई पूरा गरेपछि कामको अवसर प्राप्त गर्न निकै कठिन हुने गरेको छ।

क्षमता र जापानी भसामा दक्खल भएर पनि काम खोज्ने तरिका र प्रकियाको ज्ञान अभाव हुँदा वर्षेनी सयौं नेपाली विद्यार्थी समस्यामा पर्ने गरेको सन्दर्भमा रोजगार मेला अायाेजना भएको हो। मेलाले अाफूजस्तो कामको खोजिमा रहेका सयौं नेपाली विद्यार्थी लाभान्वित हुने मेलामा सहभागी बाग्लुङका सुवाष पुनले नागरिकन्युजलाई बताए। 'यो हामी जस्ता विद्यार्थीहरूको लागि सुनौलो अवसर हो', उनले भने।
japan1
रोजगार मेलामा १७ वटा कम्पनीहरू सहभागी भएका थिए। नेपाली संस्थाले अायोजना गरेको मेलामा जापानी कम्पनीहरुको उल्लेख्य सहभागिताले धेरै नेपाली विद्यार्थीलाई फाइदा पुग्ने एनआरएन कान्तोका सचिब नबीन नीउरेले उल्लेख गरे। 'नेपाली विद्यार्थीको समस्यालाई अध्ययन गरेर नै हामीले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हौं। यसले विद्यार्थीलाई काम खोज्न त सहयोग गर्छ नै काम खोज्ने तरिका पनि सिकाउँछ।'

japan2

रोजगार मेलाले शरणार्थी हैसियतको लागि आवेदन दिनेको संख्या घटाउन समेत सहयोग पुर्‍याउने उनको विश्वास थियो। जापानमा शरणार्थी रूपमा बस्न चाहने नेपालीको संख्या पनि ठूलो छ।

प्रकाशित: १९ कार्तिक २०७२ २३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App