१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

एनपिस अवार्ड विजेता चौधरी र थापालाई सिकागोमा सम्मान

सिकागो- युएनडीपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला थापालाई अमेरिकाको सिकागोस्थित नेपालीहरुले सम्मान गरेका छन्। एनआरएनए इलिनोइ च्याप्टरले आयोजना गरेको कार्यक्रममा कमैया-कमलरी अभियन्ता चौधरी र एकल महिलाको पक्षमा अभियान चलाइरहेका थापालाई सम्मान गरेको हो।

कार्यक्रममा चौधरी र थापाले आफ्नो विगतबारे त्यहाँका नेपालीहरुसँग अनुभव साटेका थिए। कार्यक्रममा डा. यादव पण्डितले समाजमा भएका कूरीतिविरुद्ध दुई महिलाले देखाएको साहसलाई प्रशंसा गरेका थिए। त्यस्तै समाजसेबी खेम पाठकले त्याग र तपस्याले सफलता पाएकी चौधरी र थापालाई सबैले मार्गदर्शकको रुपमा लिनुपर्ने बताए। टाफ़ाका उपाध्यक्ष काशीप्रसाद सिंह, सीएनएफएसका उपाध्यक्ष जितेन्द्र राणा, नेपाल अमेरिकन सोसाइटीका उपाध्यक्ष रमाकान्त खरेल, सिटिएसका उपाध्यक्ष इन्दरकान्त चौधरीले विजेताहरुलाई बधाई तथा शुभकामना दिएक थिए।

कार्यक्रममा सुमन वस्तीले कौशिला चौधरी र शर्मिला थापाले गरेको योगदानलाई कदन गर्दै यसले हाम्रो परम्परागत समाजमा भएका विसंगतीलाई निर्मुल पार्न सहयोगी भूमिका खेल्खे बताए। त्यस्तै एनआरएनए इलिनोइ च्याप्टरका सचिव सत्यनारायण चौधरी, समाजसेबी हेम चौधरीले एनपिस अवार्डबारे प्रकाश पारेका थिए।

सिकागोस्थित संस्थाहरु सिकागोल्याण्ड थारु सोसाइटी, नेपाल अमेरिकन सेन्टर, सिकागोल्याण्ड फ्रेन्डशिप सोसाइटी, थारु एण्ड फ्रेन्ड एसोसिएसनलगायतको संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: १० कार्तिक २०७२ २३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App