विगत ३ बर्षदेखि सो साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरशटस्थित एम्पाएर हाउसमा प्रदर्शन भएको नेपाली चलचित्र वडा नम्बर ६ हेरेर निस्केपछि बेपत्ता भएका थिए।
आइतबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको थियो।
श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डसरमा आफ्नो परिवारसहित बेलायतमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो।
कास्कीको घान्द्रुकमा जन्मिएका गुरुङ सन् २००६ मा हङकङ हुदैं बेलायत आएका थिए। गुरुङ एभरेष्ट टाइम्स साप्ताहिकमा बिगत ३ बर्षदेखि इभेन्ट फोटोग्राफरका रुपमा कार्यरत थिए।
प्रकाशित: १० कार्तिक २०७२ ०१:१८ मंगलबार





