१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनएद्वारा संसदमा प्रस्तुत बजेटको स्वागत

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारद्वारा आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमवार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत   बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउदै आएका थुप्रै मागहरुलाई सम्बोधन गरिएको तथा गैरआवासीय नेपालीहरु लक्षित विभिन्न कार्यक्रमहरु घोषणा गरिएकोमा भन्दै  त्यसको स्वागत गरेका हुन्।

विज्ञप्तिमा  विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्ने जस्ता प्रावधानहरु पनि सकारात्मक छन्।  

यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरि रहेका नेपालीहरुलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै  यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक व्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको छ।  हामी यस्ता कदमहरुका लागि नेपाल सरकारलाई धन्यवाद दिंदै यी सुविधाबाट लाभ लिंदै आफ्नो मातृभूमिको अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अपिल गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App