५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

भूकम्प पीडितका लागि ३० हजार डलर संकलन

वाशिंगटन डिसी- अमेरिकाको भर्जिनियास्थित भारतीय अमेरिकन समुदायको पहलमा भूकम्प पीडितका लागि करिब ३० हजार अमेरिकी डलर संकलन भएको छ। एसियन इण्डियन्स अफ ह्याम्प टन रोड्स नामक संस्थाको पहलमा भूकम्प पीडितको सहयोगका लागि एक कार्यक्रम आयोजना गरी टिकेट विक्रीवितरण गरिएको थियो।

नेपाल डिजास्टर रिलिफ प्रोग्राम फन्ड राइजिङ इभेन्ट नामकरण गरिएको उक्त कार्यक्रमबाट संकलित रकममध्ये नेपाली दूतावासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीलाई १० हजार डलर हस्तान्तरण गरिएको छ। अन्य रकम पछि हस्तान्तरण गरिने बताइएको छ।

उक्त कार्यक्रममा भर्जिनिया क्षेत्र ३ का सभासद बबी स्कट, नेपाली समुदायका प्रतिनिधि, अमेरिकन रेड क्रस, आयोजक एआइआर एचको तर्फबाट उपाधक्ष्य तथा सामुदायिक सम्पर्क निर्देशकले नेपालको भूकम्प पीडितबारे चर्चा गर्नुको साथै परिवार गुमाएकाप्रति गहिरो दुःख ब्यक्त गरेका थिएl उक्त कार्यक्रममा भूकम्पको वृतचित्र पनि देखाइएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७२ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App