न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए।
आइतबार दिउँसोसम्म उनलाई केही भएको थिएन । सँगै बस्दै आएका रविन तामाङ्का अनुसार आइतबार बेलुका खाना खाइरहेको समयमा एक्कासि बोली बन्द भएपछि उनलाई तत्कालै यहाँको नेशनल डिफेन्स अस्पताल लगिएको थियो। अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केही बताएको छैन ।
निसी विद्यालयले पनि कटवालको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको कारणबारे केही बताएको छैन । रासस
प्रकाशित: १८ जेष्ठ २०७२ ०६:२४ सोमबार





