६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

ओबामाको सल्लाहकारमा नेपाली मूलकी सञ्चिता


वाशिंगटन डिसी- नेपाली मूलकी सञ्चिता प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओबामाको सल्लाहकार समिति सदस्यमा नियुक्ति भएकी छिन्। पहिलो पटक अन्तर्वार्ता दिँदै उनले अाफू तलदेखि नै काम गर्दै यो पदमा अाइपुगेकी बताइन्।कडा मेहनत,परिश्रमको साथै कामप्रतिको लगाबले अाफूलाइ राष्ट्रपति ओवामाको सल्लाहकार समितिमा पुर्याएको उनको भनाइ थियो। 'अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ', उनले भनिन्, 'यो पदमा पुग्दा सबै नेपालीलाइ गर्व हुनु स्वभाविक हो।'

राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका छन्। ती मध्ये प्रधान एक जना हुन्। नियुक्त भएकाहरू कोही स्वास्थ्य तथा ब्यापार क्षेत्रका विज्ञ छन् भने कोही लामो समयदेखि समाज सेवामा समर्पित छन्।

'हामी एसियनहरुमा सबै भन्दा ज्यादा भाषाको समस्या भएजस्तो मैले अनुभूति गरेको छुु्ु', उनले भनिन्, 'अरूले पनि यो महसुस गर्नु भएकै होला।'

आफ्नो नियुक्ति बारे नेपाली समुदायमा अझ पनि केही भ्रम परेको उल्लेख गर्दै उनले अाफ्नो नियुक्ति अवैतनिक भएको प्रस्ट्याइन्। 

कुराकानीका क्रममा उनले करिअरका क्ररममा यहाँसम्म पुग्छु भन्ने नलागेको तर मिहिनेतले अाफूलाइ यहाँ ल्याइपुराउँदा अचम्मित भएको बताइन्।

भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन्। उनी नेपाली समुदायको इतिहासमा राष्ट्रपति द्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त पहिलो नेपाली मूलकी महिला बनेकी छन्।

प्रकाशित: १३ जेष्ठ २०७२ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App