८ पुस २०८१ सोमबार
image/svg+xml
प्रवास

एनआरएनएमा एकै कार्यकालमा तीन अध्यक्ष

लामो विवाद पछि गैरआवासीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन मार्फत नयाँ नेतृत्व चयन भएको छ। एनआरएनका नेताहरुबीच स्वार्थ बाझिँदा एकै कार्यकालमा तीन वटा अध्यक्षले नेतृत्व गर्ने भएका छन्। महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो।

एनआरएनए फुटको संघारमा पुगे पछि त्यसबाट जोगाउनका लागि विधान संशोधन गरेर तीन वटा अध्यक्ष रहने व्यवस्था गरिएको हो। अर्को पटकलाई नजिर नबस्ने एक पटकका लागि तीन वटा अध्यक्षको व्यवस्था गरिएको छ। बाँकी रहेको १८ महिने कार्यकाल मध्ये पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने गरी नेतृत्व चयन गरिएको हो।

त्यसैगरी, उपाध्यक्षमा भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन्। त्यसैगरी, महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी चयन भएका छन्। सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, एनआरएनएको कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी रहेका छन्। महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा, युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा , प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएको निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित अध्यक्षहरुलाई निवर्तमान अध्यक्ष कुमार पन्तले पद तथा गोपनियताको सपथ खुवाएका थिए। एनआरएनए सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ।  

पूर्वाधारमा लगानी चाहियो: थापा

यसैबीच सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन्।

आइतबार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन्। उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे।

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए। पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले नेपालीले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताए।

प्रकाशित: १३ चैत्र २०७८ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App