८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

राष्ट्रिय गीत गाउँदै अमेरिकाका चिकित्सक टोली नेपाल प्रस्थान

वाशिंगटन डिसी- नेपालमा आएको बिनासकारी महाभूकम्पले अकल्पनीय जनधनको क्षति भएकाले भूकम्प पीडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याकउने उद्देश्यले डीसी महानगर क्षेत्रमा रहेका संघ-संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयंसेवक टोली नेपाल पठाएका छन्।

उक्त टोलीको नेतृत्व डिसी महानगर क्षेत्रमा लामो समयदेखि चिकित्सा पेसामा संलग्न डा. मदन उप्रेती, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कँडेलसहित अन्य स्वयंसेवक वाशिंगटन डिसीस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका छन्l

भूकम्पपीडित उद्धार टोलीलाई विदाई गर्न विमानस्थलमा २ दर्जनभन्दा बढी नेपाली समुदाय उत्साहसाथ पुगेका थिए। मतृभूमिलाई परेको चोट र दुःखलाई सम्झना गर्दै राष्ट्रप्रति सद्भाकव झल्काउँदै नेपाल जाने टोली र विदाइ गर्न आउने सबैले एकसाथ नेपाली राष्ट्रिय गीत 'सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली' गाउँदै विमानस्थल घन्काएका थए।

भूकम्प पीडितलाई राहत सामग्री, घाइतेको उपचार तथा स्रोत र साधन जुटाउने मुख्य लक्ष्य रहेको उद्धार टोलीका संयोजक डा. मदन उप्रेतीले बताएl

टोलीले खाध्य सामग्री, पानी र आश्रयस्थलको व्यवस्था गर्ने भन्दै उनले सिन्धुपाल्चोकबाट काम सुरुवात गर्ने बताए।

भूकम्प पीडितका लागि टोलीले भारतको कानपुरबाट ५ सय त्रिपाल, औषधि, ५ सय कम्बल झिकाइसकेको छ। यसैगरी अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कँडेलले औषधि उपचारसहित नेपाल जान लागेको बताए।

टोलीको साथमा नेपाल जान लागेका अमेरिका नेपाल सहयोगी समाजका सदस्य पदम रेग्मीले देशभन्दा ठूलो केही नभएको बताए।

भूकम्प पीडित उद्धार टोलीले नेपालमा थोक मूल्यमा चामल, आलु, दाल र अन्य खाद्यसामग्री किनिसकेको उनले बताए।

भिडियो हेर्नुस्:

प्रकाशित: २२ वैशाख २०७२ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App