१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

जापानमा भएको भलिबल प्रतियोगितामा गलकोट बिजयी

जापान— गलकोट स्पोर्टस् क्लब टोकियो जापानले आयोजना गरेको प्रथम मैत्रीपूर्ण रनिङ कप प्रतियोगितामा गलकोट समाज जापान नागोया प्रथम भएको छ। फाइनलमा पुगेको शिव शक्ति क्लब जापान र गल्कोट समाज जापान नागोयाबीच खेल बराबारी भएपछि गोलाप्रथाबाट गलकोट समाज प्रथम भएको हो।

दुई क्लबबीच बुधवार भएको प्रतिस्पर्धात्मक खेलमा २-२ खेल जितेर बराबरीमा पुगेका थिए। खेल बराबर भएर लामो भएपछि गोलाप्रथा गरिएको आयोजक क्लबका आर्थिक संयोजक रामकृष्ण बम मल्लले बताए। प्रथम टिमले नेपाली १ लाख २० हजार र द्वितिय टिमले ८० हजार पाउने भएपनि नगद पुरस्कार भने बराबारी दिइएको थियो। प्रथम टिमले रनिङ कप समेत पाएको छ।

फाइनल खेलमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेता देउवाले विदेशमा कामसँगै खेलकुदलाई पनि समय दिएकोमा खेलाडीको प्रशंसा गरेका थिए।

नेपाली नयाँ बर्ष २०७२ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडी तोचिगी स्पोर्टस् क्लबका सुनिल बिसी घोषित भए।

प्रतियोगितामा नेपाली जनसम्पर्क समिति सिजुओका जापान, गल्कोट समाज नागोया, गल्कोट समाज ओसाका, गल्कोट समाज टोकियो, शिवज्योती क्लव जापान, समाज कल्याण जापान, एनबीए जापान, अन्तराष्र्टि«य नेपाली समाज जापान, एभरेस्ट इन्टरनेशनल स्कुल जापान, भिटिडी हरिचौर जापान , पुन समाज जापान, छन्त्याल समाज जापान, राप्ती समाज जापान, तोचीगी स्पोर्ट क्लब जापान र आयोजक टिम गल्कोट स्पोर्टस् क्लव सहभागी भएका थिए ।

प्रतियोगिताको प्रायोजन दिपसन फुड्स प्रालिले गरेको थियो । प्रतियोगितामा घम्बिर भण्डारी, श्रीप्रसाद गुरुङ, याम खत्री, दिपक भण्डारी ले रेफ्रिको भूमिका गरेका थिए।

deuwa3

deuwa1

deuwa2
तस्विरः लवकुमार बुढाथोकी

प्रकाशित: २६ चैत्र २०७१ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App