४ महिना अघि मलेसिया आएका रुकुमका अमृत खत्री शुक्रबार बिहान ओछ्यानमै मृत भेटिएका हुन् ड्युटी सकेर कोठामा सुतेका खत्री बिहान मृत अवस्थामा भेटिएको उनीसँगै बस्ने भोला चर्माकरले जानकारी दिए। चर्माकरका अनुसार मृतक खत्री अघिल्लो दिन राती ११ बजे सुतेका थिए।
खत्रीले यहाँको सेलङ्गर राज्य स्थित मल्लका हस्पिटलमा काम गर्थे। उनको शव अहिले उनलै काम गर्ने मल्लका हस्पिटलमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि खत्रीको शव नेपाल पठाइने छ।
प्रकाशित: २१ चैत्र २०७१ ०५:५९ शनिबार





