क्वालालाम्पुर–मलेसियामा एक नेपालीको हत्या भएको छ। सेर्डाङ राज्यमा नेपालीको शव स्थानीय प्रहरीले बेवारिसे अवस्थामा भेटेपछि नेपाली दुतावासलाई खबर गरेको थियो। मृतकको साथमा परिचय खुल्ने कागजात केही नभेटीको र त्यहा रहेका अरु नेपालीले मृतक नेपाली नै भएको बताएपछि नेपाली दुतावासलाई जानकारी गराएको वालाई प्रहरी चौकीले जनाएको छ।
मृतकको शव अहिले सेर्डाङ अस्पतालमा राखिएको छ। मृत अवस्थामा भेटिएको शवको निधार र टाउकोमा गहिरो चोट लागेको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।यसैबीच, नेपाली दुतावासले बिहीबार बिज्ञप्ति जारी गर्दै मृतकको पहिचान भए तत्काल शव नेपाल पठाउने जनाएको छ।
दुतावासले तस्वीरको पहिचान गरी मृतकको नेपालको ठेगाना पत्ता लगाउनमा सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेको छ। दुतावासका द्वितीय सचिव उत्तम शाहीले मृतकको पहिचान हुना साथ उनको शव नेपाल पठाइने नागरिक न्युजलाई जानकारी दिए। मलेसियामा धेरै नेपालीले लुटेको आक्रमणबाट ज्यान गुमाइ सकेका छन्। अहिले मृत भेटिएका पनि लुटेराकै आक्रमण परी मृत्यु भएको अनुमान नेपाली दुतावासका अधिकारीले गरेका छन्।
प्रकाशित: १२ चैत्र २०७१ ०३:२८ बिहीबार





