४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

मलेसियामा वाणिज्य दूतावास खुल्यो

काठमाडौं– मलेसियाको पिनाङ राज्यस्थित पिनाङमा अवैतनिक नेपाली वाणिज्य दूतावास कार्यालय खोलिएको छ।
मलेसियाका उपगृहमन्त्री हाजी वान जुनाइदी तुन्कु जाफर र मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले बिहीबार संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका थिए।नेपाली दुतावासका अनुसार पिनाङ क्षेत्रमा एक लाखभन्दा बढी नेपाली कार्यरत छन्। ‘वाणिज्य दूतावासले त्यस क्षेत्रका कामदारसँग सम्बन्धित समस्या समाधान तथा राहदानी फारम संकलन गर्न नेपाली दूतावासँग समन्वय गर्नेछ,' दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। 
वाणिज्य दूतावासले नेपालको पर्यटन प्रवर्द्धन तथा वैदेशिक लगानी आकर्षणका कार्यक्रम गर्ने र नेपाल भ्रमणमा जान चाहने पर्यटकका लागि भिसासमेत जारी गर्ने जनाइएको छ। उद्घाटन समारोहमा राजदूत बस्न्यातले नवनियुक्त अवैतनिक वाणिज्यदूत डटुक हुवान चेङ गुवानलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए। 
उद्घाटन समारोहमा पिनाङ क्षेत्रमा रहेका अन्य मुलुकका महावाणिज्य तथा वाणिज्य दूतावासका प्रतिनिधि, मलेसिया सरकारका अधिकारी, नेपाली दूतावासका पदाधिकारी र त्यहाँ रहेका नेपालीको उपस्थिति थियो।

प्रकाशित: १ माघ २०७१ २०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App