नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट २०८२ सकिएको छ। सबैभन्दा धेरै पुरस्कार भएको मिस नेपालमा दुई करोड बढी पुरस्कार राशि रहेको फेस अफ एसवाई २०८२ सम्पन्न भएको हो।
एसवाई इन्टरटेन्टमेन्ट प्रालिले आफ्नो ब्रान्ड एम्बेसडर छनोट गर्न फेस अफ एसवाई २०८२ आयोजना गरेको थियो। प्रतियोगिताबाट मलैसा आचार्य पहिलो भई ब्रान्ड एम्बेसडर छनोट भएकी छन्।
टाइटल विनर उनलाई पाँच लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ। यस अर्थमा उनले एक करोड पाँच लाख बराबर राशिको पुरस्कार पाएकी हुन्, जुन अहिलेसम्मकै धेरै पुरस्कार राशि हो।
प्रतियोगिताबाट फस्ट रनर अपमा सारा लामा हुन सफल भइन्। फस्ट रनर अप उनले चार लाख पुरस्कार पाएकी छन्। उनीसँग ५० लाख रुपैयाँ बराबरको कन्ट्याक्ट गरिने छ। यस हिसाबले उनले ५४ लाख नगद पुरस्कार हात पारेकी छन्। सेकेन्ड रनर अपमा अपी योन्जन छनोट हुन सफल भए। उनले तीन लाख नगदका साथै ३० लाख बराबरको कन्ट्याक्ट भएको छ। यसरी तेस्रो स्थान प्राप्त गर्न सफल उनले ३३ लाख नगद पुरस्कार हात पारेका हुन्।
एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको कार्यक्रम एसवाई प्यानल, एसवाई कस्टमेटिक, एसवाई बजार र एसवाई युपिभिसीको प्रयोजनमा भएको थियो। अन्तिम १५ प्रतियोगीबिच ग्रायन्ड फिनालियो भएको थियो। उनीहरूमध्ये उत्कृष्ट तीन जनालाई छनोट गरिएको थियो।
आयोजक एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईले करिब दुई करोड बढी राशि पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेसडर हन्ट भएको दाबी गरे। नेपालकै सबैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०/२५ लाखको पुरस्कार व्यवस्था भएको हुन्छ तर आफूहरूले गरेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको उनले बताए।
कार्यक्रमअन्तर्गत कम्पनीको ब्रान्ड एम्बेसडरहरू छनोट गरिएको हो। कार्यक्रमबाट प्रतिस्पर्धामार्फत कम्पनीका लागि मुख्य तीन ब्रान्ड एम्बेसडर छनोट गरिएको थियो। छनोट भएका सबैलाई यस योजनाअनुसार महिला र पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भई छनोट हुने अवसर पाएका थिए।
बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँघरमा लुकेर बसेको प्रतिभा पहिचान गरी भुइँमान्छेलाई ब्रान्ड एम्बेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दाबी गरिएको छ। साथै दुई करोड पुरस्कार राशिको व्यवस्था रहेको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दाबी गरियो।
अन्तिम फाइनलमा सहभागीमध्ये तीन ब्रान्ड एम्बेसडर छनोट गरेपछि उत्कृष्ट सातलाई पपुल्यारिटी अवार्ड दिइएको थियो। उनीहरूलाई प्रतिव्यक्ति एक लाख ५० हजार रकम दिइएको छ। पहिलो र दोस्रो चरण भिडियोमार्फत डिजिटल अडिसन यसअघि नै गरिएको थियो। त्यसपछिको फाइनल चरणमा भने फिजिकल उपस्थित अडिसनमार्फत भएको हो।
कार्यक्रम चरणबद्ध रूपमा भएको थियो। पहिलो चरण जुन १ बाट सेप्टेम्बर ३० सम्म चलेको थियो। पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने थियो। पहिलो चरणबाट उत्कृष्ट पाँच सयलाई छनोट गरिएको थियो। साथै हातै खाली नहुने गरी छनोट भएका पाँच सयलाई नै दुई हजार बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिएको थियो।
पहिलो चरणबाट छनोटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोस्रो चरणमा लगिएको थियो। त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिएको थियो। दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिएको थियो। फाइनल अडिसन काठमाडौंमा भएको हो।
अन्तिम उत्कृष्ट छनोट भएका २५ जनालाई तालिमसमेत दिइएको थियो। साथै परीक्षण पनि विभिन्न चरणमा भएका थिए। फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने व्यवस्थाअनुसार कार्यक्रम भएको थियो। त्ससपछि सर्वाेत्कृष्ट ब्रान्ड एम्बेसडर, फस्ट रनर अप र सेकेन्ड रनर अप छनोट भएका हुन्।
प्रतियोगितामा सहभागीहरूको मूल्यांकनको आधार फरक–फरक हुने बनाइएको थियो। पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, सेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने बनाइएको थियो।
दोस्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरीले ५० प्रतिशत अंक दिइने बनाइएको थियो। अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किङ सर्भिस) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइने व्यवस्था थियो।
प्रतियोगितामा जुनसुकै उमेर समूहका महिला र पुरुषले सहभागिता जनाउन पाउने व्यवस्था थियो। सहभागिताका लागि उनीहरूले एसवाई बजार र एसवाई कस्मेटिकको फेसबुक, इन्स्टाग्राम र टिकटकलाई फलो गर्नुपर्ने थियो। त्यसपछि सहभागी हुन चाहनेले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कस्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने थियो। साथै आफ्नो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोस्ट गर्न सकिने थियो।
भिडियो पोस्ट गर्दा सहभागीहरूले अनिवार्य रूपमा एसवाई बजार नेपाल र एसवाई कस्मेटिक नेपाललाई उल्लेख र प्रयोग गर्नुपर्ने थियो। सहभागी हुन चाहनेले पोस्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने र त्यसमा गई गुगल फाराम भरी निर्देशनअनुसार रजिस्टर गर्नुपर्ने थियो।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी हो। यस कम्पनीअन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज् लगायतका कम्पनी नेपालमा छन्।
प्रकाशित: ४ माघ २०८२ १२:५७ आइतबार

