१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रवास

मलेसियामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

खोटाङ- सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको ज्यान गएको छ। कारको ठक्करबाट जोहर राज्य नजिकै रहेको पिराक कारेक्स इन्डस्ट्रिज कम्पनीमा कार्यरत उदयपुर बसाह-१ मगरडाँडाकी सुमित्रा विश्वकर्माको ज्यान गएको हो।ड्युटी सकेर होस्टल फर्कनेक्रममा बाटो काट्न लाग्दा विपरीत दिशाबाट आइरहेको कारको ठक्करबाट विश्वकर्माको मंगलबार घट्नास्थलमै ज्यान गएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए। मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि जोहरबारु अस्पतालमा राखिएको छ। काठमाडौंस्थित क्याराभेन इम्प्लोइमेण्ट सर्भिस प्रालि मेनपावरबाट गत वर्षमात्र मलेसिया पुगेकी सुमित्राको शव नेपाल पठाउने पहल भइरहेको चन्द्र पुलामीले बताए। 
यसअघि गत शनिबार पनि मलेसियामा कारको ठक्करबाट घाईते बनेका खोटाङ पौवासेरा-७ का विकल भनिने बियोग वान्तवा राईको ज्यान गएको थियो।

प्रकाशित: ४ मंसिर २०७१ २३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App