९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

नेपाली साइकलयात्रीलाई लण्डनमा सहयोग

लण्डन-एकजना उल्टो साइकलयात्रीसहित विश्व भ्रमणका क्रममा बेलायत आइपुगेको तीन सदस्यीय नेपाली टोलीलाई बेलायतमा सहयोग जुटने क्रम जारी रहेको छ।विभिन्न सञ्चारमाध्यमले अमेरिकाको भिसा लागेर पनि खर्चको अभावमा साइकल यात्रीहरु अलपत्र परेको भन्ने समाचार छापेपछि उनीहरुलाई सहयोग गर्न बेलायतवासी नेपालीहरु तम्सिएका हुन्।
बेलायतमा बस्दै आएका बिवेक श्रेष्ठ, फत्त थापा, यादव भण्डारीलगायतका युवाको सक्रियतामा आइतबार बिहान दक्षिणपूर्वी लण्डनस्थित स्किल्स एण्ड केयर च्यारिटीमा साइकलयात्रीका लागि झण्डै चार सय पाउण्ड सहयोग उठेको थियो।
त्यस्तै, आइतबार बेलुका पश्चिम लण्डनको नर्थहोल्टमा नेपाल ब्रिटेनडटकमको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष कुल आचार्यको सक्रियतामा एक हजार पाउण्ड सहयोग उठेको थियो।
सो अवसरमा बोल्दै आचार्यले नेपाललाई विश्वभरि चिनाउन भनेर हिंडेका युवा साइकलयात्रीलाई बेलायतमा अलपत्र पर्न नदिने अठोट गर्दै जसरी भएपनि उनीहरूको गन्तव्य पुर्यासएरै छाड्ने अठोट समेत गरे।
यसअघि गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्रीको पहलमा झण्डै १५०० पाउण्ड र गुल्मी समाज युकेका अध्यक्ष अर्जुन गौतमको पहलमा २०१ पौण्ड सहयोग जुटेको थियो।

उल्टो विश्व साइकलयात्री वीरेश दाहालसहित बजीन्द्र महरा र बरुण अधिकारी एक महिनादेखि लण्डनस्थित नेपाली राजदूतावासमै बस्दै आएका छन्।

प्रकाशित: २८ आश्विन २०७१ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App