६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

अमेरिकन डिभी असोज १५ देखि खुला

काठमाडौं—अमेरिकाले सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १५ असोज (१ अक्टोबर) बिहान ९:३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक १७ डिभी भर्ने अन्तिम मिति हुनेछ।काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, 'हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ।'

डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने अमेरिकी दूताबासले जनाएको छ। दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ। 'आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वाकसिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला', दूतावासले भनेको छ, 'सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ।'

२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।

दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हुनेछ।

'तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन', दूताबासले भनेको छ, 'तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौेल गर्नेछन्।'

अन्य कुरामध्ये आवेदकले निश्चिौत शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ। शैक्षिक आवश्यकतामा कम्तीमा १२ वर्षको औपचारिक शिक्षा (सामान्यता १०+२ को पढाइ पूरा गरेको) पर्दछ।

प्रकाशित: १० आश्विन २०७१ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App