सन् १९९३ देखि अमेरिकामा रहेका उनी लामो समयदेखि स्वास्थ्य र समाज सेवाको क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
सन् २०१७ जुन महिनासम्मका लागि नियुक्त भएका उनले विशेष गरी शिक्षा, स्वास्थ्य, आर्थिक विकास, मानवीय सेवालगायतका क्षेत्रको विकासमा योगदान पुर्याइरहेका छन्।
नेपाल–सियाटल सोसाइटीका संस्थापक एवम् अध्यक्षसमेत रहेका गुरुङ अमेरिकामा नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्ने र नयाँ पुस्तालाई त्यसप्रति सजग गराउने कार्यमा पनि काम गर्दै आएका छन्।
उक्त प्रतिष्ठित पदमा नियुक्त हुनु भएकोमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आयुक्त गुरुङलाई हालै प्रशंसापत्र प्रदान गरेका छन्।
प्रकाशित: ८ आश्विन २०७१ ०५:२० बुधबार





