९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

छोरालाई कलेज भर्ना गर्न कांग्रेस नेता देउवा बेलायत जाने

लण्डन-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका छोरा जयवीर सिहं देउवाले बाँकी अध्ययन बेलायतबाट पूरा गर्ने भएका छन्।उनी बेलायतको यूनिर्भसिटी अफ योर्कमा अध्ययनका लागि सेप्टेम्बर २३ मा लण्डन आउने भएका छन्। जयवीरको बन्दोबस्ती मिलाउन पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु देउवा पनि साथमै बेलायत आउन लागेको जानकारी नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङले दिए। २१ वर्षीय जयविरले यसअघि काठमाडौंको ब्रिटिस स्कुलबाट ‘ए लेभल’को कोर्ष पूरा गरेका हुन्। गुरुङका अनुसार जयवीरले राजनीतिशास्त्रमा स्नातक गर्ने भएका छन्। 
पूर्वप्रधानमन्त्री देउवाले बेलायतमा रहँदा महत्वपूर्ण राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा हुने विभिन्न औपाचारिक कार्यक्रममा देउवाले भाग लिने जानकारी प्राप्त भएको गुरुङले बताए।
देउवा अक्टोवर ६ तारिख नेपाल फर्किन छन्। वरिष्ठ नेता देउवाले पनि लण्डन स्कुल अफ इकोनोमिक्सबाट आफ्नो अध्ययन पुरा गरेका थिए।

प्रकाशित: २० भाद्र २०७१ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App