coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

प्रधानमन्त्री देउवा लण्डनमा

राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप २६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लण्डन आइपुगेका छन्। लण्डन हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका देउवालाई स्वागत गर्न सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनालले स्वागत गरे।

आजै शनिवार प्रधानमन्त्रीले सर्वदलीय संसदीय समूह र नेपाल बेलायत व्यापार तथा लगानी मंचले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने छन्।

देउवाले बेलायत नेपाली समाज, गैरआवासीय नेपाली संघ,  जनसम्पर्क समिति बेलायत र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ। उनले भोलि आइतबार तारिख नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ।

नोभेम्बर १ मा प्रधानमन्त्री देउवा कोप २६ सम्मेलनमा भाग लिनेछन्। विश्व नेताहरुले भाग लिने उक्त सम्मेलनमा देउवाले नेपाली मुद्दाहरुसहित सम्बोधन गर्ने कार्यक्रम छ।

नोभेम्बर २ को बिहान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्ने ब्रेकफास्टमा देउवा सहभागी हुनेछन्। सम्मेलनको साइडलाइनमा देउवाले विभिन्न मुलुकका सरकार प्रमुखहरुसँग भेट्ने कार्यक्रम छ। भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरि जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द मोदीसंँग भेट्ने कार्यक्रम तय भएको छ। देउवा नोभेम्बर ४ तारिक नेपाल फर्किने छन्।

प्रकाशित: १३ कार्तिक २०७८ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App