सिन्ह्वाले ग्वाङडोङमा यस्ता ‘नांगा कर्मचारी' सरकारका लागि ठूलो समस्या बनेको जनाएको छ। हङकङसँग जोडिएको ग्वाङडोङबाट ठूलो संख्यामा चिनियाँ युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका र दक्षिणपूर्वी एसियामा आप्रवासी बन्ने परम्पराजस्तै भएको छ।
ग्वाङडोङका सरकारी कर्मचारीले हङकङमा लगानी योजनाको फाइदा उठाउँदै आएका छन्। उनीहरूले हङकङमा चीनबाट जनही १० लाख अमेरिकी डलरभन्दा बढी रकम हङकङ लैजाने गरेका छन्। हङकङका लागि लागू लगानी योजनाको फाइदा हङकङसँग जोडिएको ग्वाङडोङका सरकारी कर्मचारीले उठाएका हुन्। चीनका अन्य प्रान्तका कर्मचारीलाई यो सुविधा उपलब्ध छैन। यो सुविधाको फाइदा उठाएर ग्वाङडोङका कर्मचारीले अफ्रिकाका कुनाका राष्ट्र वा युरोप वा अमेरिकामा घरसमेत किन्ने गरेका छन्।
राष्ट्रपति सि चिनफिङले पार्टीको महासचिव र राष्ट्रपति पद सम्हालेपछि गए वर्ष भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। उनले भ्रष्टाचारमा संलग्न ‘मुसा' देखि ‘बाघ'सम्म कसैलाई पनि उन्मुक्ति नदिने घोषणा गरेका थिए। तर आलोचकले भने भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रपति सिले आफ्ना विरोधी निर्मूल पारी आफ्ना सहयोगी र पिछलग्गु भर्ति गर्ने अभियान भएको आरोप लगाउने गरेका छन्।
प्रकाशित: १० श्रावण २०७१ २१:२५ शनिबार





