५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

दक्षिण कोरियामा नेपाली कामदारको मृत्यु

सोल— दक्षिण कोरियामा फोर्कलिफ्र्ट दुर्घटनामा परी एक नेपालीले ज्यान गुमाएका छन्। २०१२ मा ईपिएसमार्फत् दक्षिण कोरिया आएका म्याग्दी हिस्तान ८ का  पंकज पुनको बुधकार कार्यस्थलमा दुर्घटनामा परी मृत्यु भएको हो।

 

छल्लानाम्दोमा कार्यरत २५ वर्षिय पुनको मृत्युको खबर कोरियाली प्रहरीले  दिएको  दक्षिण कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिए। घटनासम्बन्धमा उनको परिवारलाई नेपालमा परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाइएको छ।
घटनाको सम्बन्धमा नेपाली दुतावासले विस्तृत विवरण लिने काम गरिरहेको गुरुङले जानकारी दिए।

प्रकाशित: ८ श्रावण २०७१ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App