३ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

बेइजिङमा खुल्यो नेपाल अध्ययन केन्द्र

हङकङ— चीनका राष्ट्रपति सी जिनपिङले छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिएसँगै राजधानी चीनमा पहिलो नेपाल अध्ययन केन्द्र स्थापना भएको छ।
हेबइ प्रान्तस्थित हेवेइ विश्वविद्यालयमा बुधबार स्थापना गरिएको केन्द्रले चीन–नेपालबीच प्राज्ञिक पुल बनेर दुई देशबीच सम्बन्ध सुदृढ गर्ने जनाइएको छ।
हेवेइ विश्वविद्यालयको आर्थिक तथा व्यापारिक विभागले बुधबार आयोजना गरेको समारोहमा चीनका राजदूत महेश मास्के र विश्वविद्यालयका अध्यक्ष जी लिङगाङले केन्द्रको औपचारिक उदघाटन गरेका हुन्। नेपाल अध्ययन केन्द्र चीन र नेपालबीच 'प्राज्ञिक पुल' बन्ने अध्यक्ष जीले समारोहमा बताए।
'नेपालको संस्कृति, शिक्षा, राजनीति, अर्थतन्त्रबारे चिनियाँ नागरिकलाई जानकारी दिने मुख्य उद्देश्य राखेर केन्द्रको स्थापना गरिएको हो, यसले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ गर्नेछ', अध्यक्ष जीले भने।
अध्ययन केन्द्रको स्थापनाले नेपाल–चीन मित्रता र सहयोगको परम्परालाई निरन्तरता दिएको उल्लेख गर्दै राजदूत मास्केले भने, 'नेपाल–चीन समझदारी निर्माणको लामो यात्रामा यो एउटा महत्वपूर्ण कदम सावित हुनेमा म विश्वस्त छु।'
चीन सरकारले सञ्चालन गरेका तथा विभिन्न विश्वविद्यालय सम्वद्ध दक्षिण एसिया अध्ययन संस्थानमा नेपाल सम्बन्धी अनुसन्धान हुँदै आए पनि नेपाल केन्द्रित यो पहिलो अध्ययन केन्द्र हो। सरकारले छिमेकी देशसँगको सम्बन्धलाई कुटनीतिक प्राथमिकतामा राखेपछि चीनको प्राज्ञिक क्षेत्रमा नेपालप्रति चासो बढेको छ। राजदूत मास्केका अनुसार केन्द्रले नेपाल र चीनबीच प्राज्ञिक आदान–प्रदान वृद्धि गर्नुको साथै बौद्धिक छलफलहरू आयोजना गर्नेछ।
काठमाडौँ विश्वविद्यालयसँग सम्वद्ध कन्फ्युसियस इन्स्टिच्युटमा संलग्न भएर नेपाल बसेका चिनियाँ प्राज्ञिक व्यक्तिहरूको पहलमा केन्द्रको स्थापना भएको हो। चिनियाँ कुटनीतिको सशक्त 'सफ्टपावर' मानिने कन्फ्युसियस इन्स्टिच्युटले विश्वभर चिनियाँ भाषा, संस्कृति फैलाउने काम गर्छ।

प्रकाशित: १ श्रावण २०७१ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App