७ वैशाख २०८१ शुक्रबार
प्रवास

आगामी चुनावका लागि सेल्फी अनिवार्यः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चुनावका लागि सेल्फी अनिवार्य पठाउनु पर्ने जनाएको छ। संघले इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) का लागि अनुहार प्रष्ट देखिने फोटो(सेल्फी) अनिवार्य गरेको हो।

संघले प्रेस विज्ञप्तिमार्फत् स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको उल्लेख गर्दै अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने जनाएको छ।

संघले अहिले फोटो संकलनको काम जारी रहेको उल्लेख गर्दै निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्ने पनि सचेत हुन अनुरोध गरेको छ।  

अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै जुटिरहेको संघको भनाइ छ। निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरेको छ। आसन्न निर्वाचनका लागि ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

प्रकाशित: २ आश्विन २०७८ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App