‘नेपालबाट अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखि विभिन्न किसिमका पेसा व्यवसायमा संलग्न भई हामीलाई सेवा पुर्याउने नेपाली अमेरिकी समुदायको प्रशंसा गर्न चाहन्छु,' एएनए सम्मेलनमा डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमूलका हरि शर्माले ओबामाको सन्देश पढेर सुनाए।
समारोहमा सहभागी ओबामाका एसिया प्यासिफिक आइल्यान्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिए। अमेरिकी सिनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्यान्डकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाएका थिए।
वासिङ्टन डिसीको सेराटन प्रिमियर तारे होटलमा शुक्रबार सुरु सम्मेलनको बलिउड स्टार मनिषा कोइरालाले उदघाटन गरेकी थिइन्। ‘तपाईंको सानो सहयोगले पनि नेपालमा ठूलो सहयोग हुन्छ,' उदघाटन समारोहमा कोइरालाले भनिन्, ‘नेपाली सभ्यता, संस्कृति र पहिचानलाई दुनियाँभर लैजानुस्, नेपाली आमालाई कहिल्यै नभुल्नस्।'
एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा, सम्मेलनका संयोजक हेमन्त श्रेष्ठ, संस्थापक अध्यक्ष हरि शर्मालगायतले संगठनको ३२ वर्षे इतिहासबारे बोलेका थिए।
प्रकाशित: २१ असार २०७१ ०९:१५ शनिबार





