६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

अमेरिकामा मनाइयो अन्तर्राष्ट्रिय ओलम्पिक दिवस

पोर्टल्यान्ड–अन्तर्राष्ट्रिय ओलम्पिक दिवस यहाँ अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा विशेष कार्यक्रमकासाथ मनाइएको छ। उक्त अवसरमा गोइङ स्ट्रिट स्थित विल्सर पार्कबाट हलिउड वुस्टर स्थित आइओएफटिसीको केन्द्रिय कार्यालयसम्म मार्च पास्ट गरिएको थियो।

ओलम्पिक पिस वाक नाम दिइएको उक्त मार्च पास्टमा प्रमुख अतिथि ओरेगन राज्यको स्पोर्ट्स अथोरिटीका प्रमुख कार्यकारी ड्र्यू महालिक ओलम्पिकमा २ स्वर्ण पदक जितेकी अमेरिकी खेलाडी कोस ग्लो लगायत स्थानीय खेलाडी तथा भद्र भलाद्मीको सहभागिता रहेको थियो । त्यस अघि प्रमुख अतिथि महालिकले ओलम्पिक डे आफैमा उत्साहवद्र्धक कार्यक्रम भएकोले आफू यसमा सहमागी हुन पाउदा खुसी लागेको वताएका थिए। उक्त अवसरमा उनले ओलम्पिक अभियान शान्तिसँग जोडिएकोले पनि यसको महत्व उजागर भएको बताएका थिए।

यस किसिमका कार्यक्रमले ओलम्पिक अभियानलाई मदत पुग्ने विश्वास पनि उनले व्यक्त गरे । त्यसैगरी नेपाल ओलम्पिक कमिटीका सदस्य एवं ओलम्पिक पिस वाक आयोजन समिति अध्यक्ष सुनिलराज कर्णीकारले पनि आफ्नो मंतव्य व्यक्त गरेका थिए । उक्त अवसरमा अमेरिकाको राष्ट्र गानकासाथै ओलम्पिक गित पनि वजाइएको थियो । प्रमुख अतिथि महालिकले मार्च पासका लागि अमेरिकामा वस्दै आएकी नेपालकी एसियाली पदक विजेता सिता राइ तथा २ वटा ओलम्पिक स्वर्ण पदक विजेता अमेरिकी खेलाडी लिसा कोसग्लोलाई अमेरिकाको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए। मार्च पास अघि आइओएफटिसीकी महा सचिव कारेन ब्ल्याकलेजले सबैलाई औपचारिक रुपमा स्वागत गरेकी थिइन्।

पिस वाकमा सहभागी टोलीलाई यूएस वल्र्ड क्लास तेक्वान्दो स्कूल स्थित आइओएफटिसीको केन्द्रिय कार्यालयमा आइएफओटीसिका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले स्वागत गरेका थिए । उक्त अवसरमा तेक्वान्दो खेल प्रदर्शन गरिएको थियो । उक्त अवसरमा हलिउड वुस्टरकी अध्यक्ष एंजेला मेकेन्जीले कार्यक्रम बारे आफ्नो मन्तब्य व्यक्त गरेकी थिइन् । त्यस अवसरमा सियाटलबाट आएको नेपाली व्याण्डले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ओलम्पिक डे कार्यक्रमको अघिल्लो दिन आइतबार भएको मैत्री पूर्ण फुटबल खेलमा एफसी हलिउड तेक्वान्दो टोलीले ओलम्पिक डे आयोजक समितिलाई ५–३ले पराजित गरेको थियो।

प्रकाशित: १६ असार २०७१ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App