५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

चीनको सिन्जियाङमा आक्रमण हुँदा तेह्र व्यक्तिको मृत्यु

बेइजिङ– चीनको तनावग्रस्त क्षेत्र सिन्जयाङमा शनिबार केही व्यक्तिले एक प्रहरी कार्यालयमा विस्फोट गराएपछि प्रहरीले चलाएको गोलीका कारण १३ व्यक्तिको मृत्यु भएको जानकारी क्षेत्रीय अधिकारीहरूले दिएका छन्।चीनको सुदूर पश्चिमी स्रोतसम्पन्न व्यापक क्षेत्रमा मुसलमान उइघुर आदिवासी अल्पसङ्ख्यक बसोबास गर्छन् र त्यहाँ हाल हिंसात्मक आक्रमणका शृङ्खला देखा परेको छ। 
तियानसन क्षेत्रको सरकारी वेबसाइटमा आज उग्रवादीहरूले सिन्जियाङको कस्गर प्रशासकीय क्षेत्रको कारगिलिकमा सार्वजनिक सुरक्षा भवनमा एक कार दुर्घटना गराएको र प्रहरीले निर्णायक कारवाही गर्दा १३ उग्रवादीको मृत्यु भएको उल्लेख गरिएको छ। 
घटनामा तीन प्रहरी घाइते भएका तर कसैको पनि ज्यान नगएको समाचारमा उल्लेख गरिएको छ। यस विषयमा विस्तृत विवरण दिइएको छैन। समाचारमा आक्रमणकारीले एक वा एकभन्दा बढी विस्फोटक पदार्थ प्रयोग गरे वा गरेनन् भन्ने उल्लेख गरिएको छैन। 
सरकारले त्यहाँ एक वर्षअघिदेखि देखिएको आतङ्कवादलाई नियन्त्रण गरिने दृढता व्यक्त गरेको छ। हालका केही सातामा त्यहाँ उच्च तहमा आक्रमण भइरहेको छ। 
अधिकारीहरूले मे महिनामाको अन्त्यतिर सयौँ आपराधिक व्यक्तिलाई पक्राउ गरिएको वा उनीहरूमाथि कारवाही गरिएको बताएका छन्। पचपन्न व्यक्तिमाथि न्यायिक निर्णय भएका बताइएको छ। 
यस साता चीनमा आतङ्कवादी आक्रमणमा दोषी ठानिएका १३ व्यक्तिलाई मत्युदण्ड दिइएको छ। यसैगरी बेइजिङको तियाननमेन चोकमा कार दुर्घटना गराउने अन्य तीनलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ।

प्रकाशित: ७ असार २०७१ २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App