४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

ओलम्पिक डेमा मैत्रीपूर्ण फुटबल हुने

पोर्टल्यान्ड–जुन २३ मा पोर्टल्यान्डमा आयोजना हुन लागेको ओलम्पिक डेका अवसरमा आइतबार पोर्टल्यान्ड स्थित ग्रान्ट टर्फ फिल्डमा एफसी हलिउड तेक्वान्डो र ओलम्पिक डे आयोजकबीच मैत्री पूर्ण फुटबल खेल हुने भएको छ।मुख्य कार्यक्रम ओलम्पिक डे को पूर्व संध्यामा हुन लागेको मैत्री पूर्ण खेलको सम्पूर्ण तयारी भएको एफसी हलिउड तेक्वान्डोका दिवाकर महर्जनले जानकारी गराए। जुन २३ मा हुने ओलम्पिक डेको मुख्य कार्यक्रममा पिस वाक फर फनको आयोजना हुने भएको छ। नेपाल ओलम्पिक कमिटीका सदस्य सुनिलराज कर्णीकारको सकृयता तथा अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को प्रत्यक्ष सहयोगमा हुने उक्त कार्यक्रम अन्तर्गत वेलुका विल्सर पार्कबाट आइओएफटिसीको केन्द्रिय कार्यालयसम्म पैदल मार्च गरिने भएको छ। कमिस्नर अमान्डा फ्रिजको मुख्य आथित्यमा हुने उक्त कार्यक्रममा स्थानीय नेताहरूको पनि सहभागिता रहने आइओएफटिसीकी महासचिव कारेन ब्ल्याकलेजले जानकारी गराइन् ।

प्रकाशित: ७ असार २०७१ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App