१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको कमाण्ड सुनिताको काँधमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएसँगै महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलको काँधमा आएको छ।

शाहको राजीनामा स्वीकृत भएसँगै डंगोलले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्।

स्थानीय सरकार सञ्चालन ऐन- २०७४ अनुसार उनले यो जिम्मेवारी पाएकी हुन्। ऐनमा मेयरले पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उपमेयरले कार्यवाहक भई कामकाज चलाउने स्पष्ट व्यवस्था रहेको छ।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जानुअघि आफ्नो पदबाट राजीनामा दिएका हुन्।

दिउँसो १ बजे नै पार्टी कार्यालय पुग्ने कार्यक्रम तय भए पनि राजीनामा दिने कि नदिने भन्ने विषयमा केही समय दोधार हुँदा अलमल भएको थियो।

अन्तिममा कानुनी जटिलता नआओस् भन्नका लागि राजीनामा दिएर मात्र उनी पार्टी कार्यालयतर्फ लागेका हुन्।

रास्वपाका वरिष्ठ नेताको हैसियतमा रहेका शाहले आगामी निर्वाचनमा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

यतिबेला वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा शाहको स्वागतका लागि कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भीड लागेको छ। उनी केही बेरमा पार्टी कार्यालय प्रवेश गर्दै छन्।

प्रकाशित: ४ माघ २०८२ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App