१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रवास

मलेसियामा एक नेपाली युवकको मृत्यु

नेपाल घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन्।  

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए। बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ।  

 विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ। विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ। रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए। 

प्रकाशित: १७ भाद्र २०७८ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App