महोत्सव २०१४' सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको यो महोत्सव सोमबार सम्पन्न भएको हो।
महोत्सवमा नेपालमा उत्पादित हस्तकला लगायतका उत्पादनको समेत प्रदर्शनी गरिएको थियो। नेपाली संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन नेपाल सरकारका उद्योगमन्त्री कर्णबहादुर थापाले गरेका थिए।
टेक्सासको डालसमा भएको यस्तो खालको पहिलो नेपाली प्रदर्शनी भएको स्थानीय नेपाली पत्रकार विकासराज न्यौपानेले जानकारी दिए। महोत्सवको समापनका अवसरमा प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, कार्यक्रम संयोजक अग्नी सञ्जेलले नेपाललाई अमेरिकी सामु चिनाउन मेला सफल भएको बताए।
प्रकाशित: २० जेष्ठ २०७१ ०२:५३ मंगलबार





