प्राध्यापक सूर्य सुवेदीले आर्थिक र राजनीतिक हिवाबले अगाडि बढिसकेकाले देशले एक बर्षभित्र नयाँ संविधान पाउने धारणा राखे। प्राध्यापक सुवेदीले भने, 'अहिले देशका लागि सबैले संकल्प गर्ने बेला आएको छ। यो अवस्थामा एकले अर्कोलाई सहयोग गरेर अगाडि बढ्नुपर्छ।' देश अहिलेसम्म संकृण मानसिकताबाट मुक्ति नपाएको सुवेदीले बताए।
बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक बर्षभित्र संविधान बन्ने बतावरण बनाउन सबै पक्षले सकरात्मक सोच राख्न जरुरी भएको बताए। उनले विदेशमा भएका नेपालीको मन सधैं नेपालमै रहेको बताए। उनले भने– 'तोकिएको समयमा नयाँ संविधान निमार्णका लागि नेपालका सबै राजनीतिक दललाई सकरात्म रुपमा घच्घचाउनु पर्छ। नयाँ संविधान सकरात्मक सोचले मात्र बन्छ।'
कार्यक्रममा प्रवासी नेपाली मन्चका अध्यक्ष रामशरण सिम्खडाले प्रवासमा रहेका नेपालीले नेपालमा शान्ति र नयाँ संविधान र विकास भएको हेर्न चाहेको बताए।
गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले देश विकासका लागि गैरआवासीय नेपालीहरु हातमा हात मिलाएर अगाडि बढ्न तयार रहेको बताए।
सोही अवसरमा गैरअवासीय नेपाली संघ बेलायतले कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई सम्मान गरेको छ। नेपाल पछिल्लो समयमा दूतावास भवन मर्मत लगाएत दूतावासमा भएका सुधारका कामको मूल्यांकन गर्दै सम्मान गरिएको हो। कार्यक्रममा ब्रिटिश नेपाल सोसाइटीका अध्यक्ष गोर्डन गोचरले बेलायतस्थित नेपाली समूदायमा प्राज्ञिक र बैद्धिक ब्यक्तिको बाहुल्यता रहेको बताउदैं आफ्नो समाज र मातृभूमिप्रति उत्तरदायी हुन आब्हान गरे। उनले संस्थाको तर्फबाट सातौं गणतन्त्र दिवसकोअवसरमा नेपाल र नेपालीको सफलतको लागि शुभकानमा दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष चिरन शर्माले देशमा गणतन्त्र आए पनि जनताले त्यसको अनुभुति अझै गर्न नसकेको बिचार ब्यक्त गरे। पेसाकर्मी, समाजसेवी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थित थियो। कार्यक्रममा नेपाली जनसम्पर्क समितिका महामन्त्री राजकुमार त्रिपाठी, प्रगतिशील नेपाली समाज बेलायतका रामचन्द्र मरहठ्ठा, वरिष्ठ समाजसेवी डा. राघब धिताल, बच्चुकैलास कैनी, महिला फोरम युकेकी आरती श्रेष्ठलगायतका बक्ताले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पारे।
प्रकाशित: १२ जेष्ठ २०७१ ०३:५९ सोमबार





