चाँडै उनको शरिरभरी ट्युमर देखापर्न थाले।
एउटा ट्युमर उनको टाउकोको हड्डी बिगारेर दिमागलाई च्याप्दै निधारमा पलायो। एरोल्ज्का डक्टरको अनुसार उनका केटाकेटीले त्यो ट्युमरको नाम इभान
राखिदिए। क्यान्सर बोनम्यारोमा संक्रमण भइसकेको थियो।
मायो क्लिनिकका डक्टरले, दुई बिरामीको क्लिनिकल परिक्षणको क्रममा, एरोल्ज्लाई सय अर्ब दादुरा भाइरस भएको इन्जेक्सन लगाए - जुन एक करोड मानिसको लागि पर्याप्त छ।
उनका डक्टरका अनुसार अब के हुन्छ थाहा थिएन।
घन्टौं लामो प्रकृया सकिएको ५ मिनेटमै एरोल्ज्लाई खप्नै नसक्नेगरी टाउको दुख्यो। दुई घन्टापछि उनी काम्दै र वान्ता गर्न थालिन्। उनको ज्वरो १०५ पुगेको अनुसन्धानकर्ता डक्टर स्टेफन रसेलले बिहिबार बिहान वासिङ्टन पोस्टलाई बताए।
"भाइरस इन्जेक्सन दिएको ३६ घन्टापछि इभान सुक्दै गएको एरोल्ज्
ले मलाई बताइन्," रसेलले भने। केही हप्तापछि, उनको निधारको ट्युमर पुरै बिलायो र बिस्तारै शरिरका अन्य ट्युमर पनि बिलाउन थाले।
रसेल भन्छन् उनको टोलीले भाइरस क्यान्सर थेरापीको लागि मिल्दोजुल्दो तयार पारेका थिए। र, केवल एकै मात्रामा एरोल्ज्को क्यान्सरमा सुधार आयो र उनी रोगबाट पुरै मुक्त भएकी छिन्। रसेलले मायो क्लिनिक कार्यवाही प्रक्रियामा लेखेका छन्। यो परीक्षण नै भएपनि दुईमध्ये एकमा मात्र सफल भयो।
रसेल भन्छन् यो उपचार एरोल्ज्मा सफल भयो जसको प्रायः ट्युमर बोनम्यारोमा थियो। तर, अर्को बिरामीमा असफल भयो, जसको मुख्यत ट्युमर खुट्टाको मांसपेशीमा थियो। उनी भन्छन् ट्युमरको भाइरसलाई असर गर्ने प्रकृती बुझ्न अझै अनुसन्धान गर्नु जरुरी छ।
"यो अत्यन्तै महत्वपूर्ण कोसेढुंगा हो किनभने अब हामीलाई थाहा भयो यो सम्भव छ। यो एउटा सार्थक परिवर्तनकारी प्रक्रिया हो। र मलाई लाग्छ यसले यो विषयमा विकास गर्छ," रसेलले भने।
(साभारः वासिङ्टनपोस्ट)
प्रकाशित: २ जेष्ठ २०७१ ११:०९ शुक्रबार





