coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

भूपूगोर्खाको आमरण अनसनमा प्रहरी दमन मानव अधिकारको हननः उपाध्यक्ष केसी

बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसिरहेका भूपूगोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ। 

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन हुनु मानव अधिकारको हनन भएको बताएका हुन्।

नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भूपूगोर्खाहरुले साम्राज्य ठूलो पार्न अहमभूमिका रहेको स्मरण उपाध्यक्ष केसीले गरेका छन्। उनले गोर्खाहरुको रगत र बहादुरीका कारण बेलायती साम्राज्य संसारभरि फैलिएको बताए।  

यस्तै, समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपूगोर्खाहरुको आन्दोलनप्रति उनले ऐक्यबद्धता समेत जनाएका छन्।

गोर्खा आन्दोलनको बारेमा उनले संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषण समेत गराएका छन्।

प्रकाशित: २९ श्रावण २०७८ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App