१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नेजामा नयाँ कार्यसमिति

वाशिंटन डिसी- दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)को चौथो महाधिवेशन सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यअन्तर्गत हड्सनमा आयोजित महाधिवेशनले क्यानडा प्रतिनिधिको स्थान खाली राखेर १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसअन्तर्गत, गौतम दाहाल आफ्ना प्रतिष्पर्धी प्रदीप थापालाई दोब्बर मत–अन्तरले उछिनेर अध्यक्षमा निर्वाचित भएका छन्। उनले ३२ मत प्राप्त गरेका थिए। दाहाल यसअघि नेजाको बरिष्ठ उपाध्यक्ष थिए।यसैगरी, उपाध्यक्षमा शिव बिष्ट तथा क्षेत्रीय उपाध्यक्षहरूमा जाङ्बु शेर्पा (क्यालिफोर्निया), विश्व थापा (डिसी), भूपेन्द्र थापा (न्यूयोर्क), विकास न्यौपाने (टेक्सास) चुनिएका छन्। साथै, भोला आचार्यले महासचिवको जिम्मेवारी पाएका छन् भने सचिवमा सुदीप पन्त, र कोषाध्यक्षमा बिटु केसी सर्वसम्मत छानिएका छन्।
त्यस्तै, महाधिवेशनले श्रीकृष्ण गौतम, मधूकर अधिकारी, अग्नि प्रसाद चौलागाईं, शैलेश पोख्रेल र तेम्बा ह्योल्मोलाई सदस्यको जिम्मेवारी दिएको छ। एक सय आठ सदस्य रहेको नेजाको यस महाधिवेशनमा ४९ जनाको उपस्थिति थियो।
यसअघि, आजै बिहान पञ्चकञ्याले पानसमा बत्ति बाली महाधिवेशनको उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी मधुकर अमात्य, एनआरएनका तर्पmबाट शिवकुमार राई, संस्थापक अध्यक्ष गिरिश पोख्रेल, पत्रकार तारा बराललगायतका वक्ताले महाधिवेशनको सफलता र संस्थाको प्रगतिको कामना गरेका थिए। कार्यक्रममा नेजा स्मारिका ‘प्रयास’को विमोचनसमेत गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०७१ २२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App