१५ असार २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित करुणा राई तुलाधर।

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी करुणा राई तुलाधर गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी छन्। 

एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।  

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको जुलाई ३१ मा सम्पन्न निर्वाचनबाट उनी सन् २०२३ सम्मको कार्यकालका लागि उपाध्यक्ष चुनिएकी हुन्। 

‘यो विजयले मलाई एनआरएनएको नेपालीको लागि नेपाली अभियानमा थप जिम्मेवारी र दायित्व थपिएको महसुस गरेकी छु,’ नवनिर्वाचित उपाध्यक्ष करुणाले लेखेकी छन्, ‘यहाँहरुले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीपुर्वक वहन गर्ने बिश्वास दिलाउन चाहन्छु।’ करुणा सामाजिक सेवामा समेत क्रियासिल छन्।

प्रकाशित: २० श्रावण २०७८ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App