१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

वृद्धभत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो!

मुक्तक

१) मुक्तक

देशभक्त हुँ भन्छौ देशको झन्डा ओढेका छौ,

भएन क्यै भन्छौ जे छन् तिनै तोडेका छौ,

सबै मिले विकास हुने नबुझेरै हो कि,

आफ्नै देशको झन्डा ओढ्दै देशै छोडेका छौ।

२) मुक्तक

कोही गर्छन् राजनीति सोची आफैं धन्य,

सर्वज्ञ हुँ सबै गर्छु मैलाई छान भन्ने,

सोझासिधा पछि परे बाङ्गा अघि सरे,

चुनावअघि बनाउने चुनावपछि बन्ने।

३) मुक्तक

परिवारलाई यो बुढेसकाल कवाफको हाड जस्तो,

बाआमाको शोकका बेला आइदिने चाड जस्तो,

तन मन इन्द्रीयमा स्वस्थ्य ऊर्जा शून्य भयो,

स्क्रयाच गरी फालिएको रिचार्जको कार्ड जस्तो।

४) मुक्तक

नाक कानले नै देख्छु भन्छिन् मैले पत्याइदिँदा,

हातले जूनघाम छेक्छु भन्छिन् मैले पत्याइदिँदा,

तर्क गर्न नसकेर सपोर्ट मात्रै गरेँ

तैँलाई लौरो टेक्छु भन्छिन् मैले पत्याइदिँदा।

५) मुक्तक

फोहोरीलाई फोहोर प्यारो सुग्घरीलाई शुद्ध प्यारो,

देशमा सङ्कट आइपर्दा योद्धालाई युद्ध प्यारो,

सबैलाई सधै एउटै प्यारो लाग्छ भन्ने छैन,

वृद्धभत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो।

प्रकाशित: २४ माघ २०८२ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App