अन्य दुई मृतकको घर ताप्लेजुङ र पाल्पा रहेको खुले पनि नाम पहिचान नभएको लेखपराजुलका श्याम परियारले जानकारी दिए। घटनामा अन्य दुई स्थानीयको पनि मृत्यु भएको बताइएको छ।
परियारका अनुसार तीन वर्षअघि वैदेशिक रोजगारीमा साउदी गएका डाँगीसहित तीन नेपाली घर फर्किन ट्याक्सी चढेर विमानस्थल जाँदै थिए। पछाडिबाट वेगले आएको ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको साउदीमा रहेका छिमेकीको भनाइ उद्धृत गर्दै परियारले जानकारी दिए। घटनामा ट्याक्सीचालक र उनका सहयोगी घाइते भएका छन्।
२९ वर्षीय डाँगीका श्रीमती र आठ वर्षीय छोरा छन्। डाँगीले घर आउनेबारे एक हप्ताअघि नै फोनबाट जानकारी गराएका थिए। ‘तीन वर्षपछि आउने खबरले घरमा उल्लास थियो,’ परियारले भने, ‘यस्तैमा दुःखद खबर सुनियो।’
प्रकाशित: ७ वैशाख २०७१ २१:२० आइतबार





