६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

बेपत्ता जहाजको खोज निर्णायक मोडमा

क्वालालम्पुर, (एजेन्सी)– करिब डेढ महिनाअघि बेपत्ता भएको मलेसियाली जहाजको खोजी महत्वपूर्ण मोडमा पुगेको छ।
मलेसियाका कार्यवाहक यातायातमन्त्री हिसामुद्दिन हुसेनले हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रको पानीमुनी भइरहेको जहाज खोजी दुई दिनमा निर्णायक मोडमा पुग्ने जानकारी दिएका हुन्।हुसेनले शनिबार दिएको जानकारीअनुसार शनिबार र आइतबार खोजी अभियानमा लक्ष्यमा पुग्नेछ। ब्ल्यूफिन–२१ नामक पनडुब्बीले खोजीका क्रममा गरेका ६ प्रयासमा जहाजबारे कुनै जानकारी पाउन नसकेको भए पनि हुसेनले एक साताभित्र समुद्रमुनी भइरहेको खोजी कार्य पूरा हुने जनाएका छन्। 
मार्च ८ मा मलेसियाको राजधानी क्वालालम्पुरबाट बेइजिङका लागि उडेकेा मलेसियाली वायु सेवाको बोइङ जहाज आकाशबाटै एक घण्टामा नै बेपत्ता भएको थियो। जहाजमा चालक दलसहित २ सय ३९ जना थिए। जसमध्ये १ सय ५३ जना चिनियाँ नागरिक थिए। 
ब्ल्यूफिन–२१ पनडुब्बी करिब १० वर्गकिलोमिटर क्षेत्रमा हिन्द महासागरको पिँधमा जहाजको खोजी गरिरहेको छ। पनडुब्बीले खोजी गरिरहेको क्षेत्रमा नै बेपत्ता जहाजको सम्भावित ब्ल्याक बक्सको रेडियो संकेत भेटिएको थियो। पनडुब्बी समुद्रमा चार हजार मिटर (१३ हजार फिट) गहिराइमा बेपत्ता जहाज खोजी गरिरहेको छ।

प्रकाशित: ६ वैशाख २०७१ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App