६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

नेपाली टोलीको विजयी अभियान जारी

पोर्टल्यान्ड–केविन महर्जनले गरेको ४ गोलको मदतले स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दोले विहिबार र्‍याम सकल टिमलाई ३ का विरुद्ध ७ गोलले पराजित गर्दै रोस सिटी लिग फाइव अ साइड फुटसल प्रतियोगितामा आफ्नो विजयी अभियान जारी राखेको छ।यहाँ स्थित रोस सिटी कभर्ड हलमा भएको खेलमा विजेता टोली मध्यान्तरसम्म ३–२ ले अगाडि थियो। विहिबारको खेलमा आफ्नो टोलीले हरेक पक्षमा राम्रो प्रदर्शन गरेको कप्तान पासाङ शेर्पाले खेलपछि बताए। 'आजको खेलमा हाम्रो रक्षा पङित र आक्रमण सबै राम्रो थियो। र्‍याम शकल एफसी टोली बलियो टिम मानिन्छ। यसलाई पराजित गरेपछि हामी उपाधि नजिक पुगेका छौँ।' कप्तान शेर्पाले भने। उनले आफ्नो टिममा तालमेल पनि राम्रो भएको बताए। विहिबारको खेलमा नेपाली टोलीका गोल रक्षक युला छिरिङ शेर्पाले पनि उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीहरूको थुप्रै प्रहारलाई निस्तेज पारेका थिए। नेपाली टोलीले अर्को खेल आगामी विहिबार खेल्ने छ।

प्रकाशित: ५ वैशाख २०७१ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App