६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

दक्षिण कोरियाली डुंगा दुर्घटनामा २९३ बेपत्ता

सोल– दक्षिण कोरियाको समुद्र तटमा बुधबार भएको डुंगा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ सय ९३ जना बेपत्ता भएका छन्। दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४ सय ५९ जना यात्रुसहितको डुंगा दुर्घटनाग्रस्त भएको सरकारी अधिकारीले बताएका छन्। पहिले डुंगामा ४ सय ७७ जना यात्रु रहेको बताइए पनि यात्रुको वास्तविक संख्या ४ सय ५९ मात्र भएको सरकारी अधिकारीले बताएका छन्।

डुंगाबाट १ सय ६४ यात्रुको मात्र उद्धार गर्न सकिएको सामुद्रिक तथा जल यातायात मन्त्रालयले जनाएको छ। डुंगाका अधिकांश यात्री उच्च माध्यमिक विद्यालयका विद्यार्थी रहेका अधिकारीले जानकारी दिएका छन्। 
स्थानीय समयअनुसार बुधबार बिहान ११:३० बजे दुर्घटना भएको थियो। डुंगामा चालक दलका २३ जना सदस्य थिए। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजेसम्म ३ सय ६८ जनाको उद्धार गरिएको सार्वजनिक प्रशासन मन्त्रालयले जानकारी दिए पनि बेलुकी सच्याएको थियो। डुंगामा एउटै विद्यालयका ३ सय २४ जना विद्यार्थी र १४ जना शिक्षक यात्रा गरिरहेका थिए।

प्रकाशित: ३ वैशाख २०७१ २१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App