सांगीतिक कोसेली प्रस्तुत स्वरुप नेपाली लोकगीत, नेपाली संस्कृतिक नृत्य ,कौडा नृत्य, धिमाल नाच, तामाङ सेलो, नेवारी संस्कृति झल्किने नृत्य तथा विभिन्न गीतहरु प्रस्तुत गरिएको टीका पौडेलले जानकारी दिए।
हाम्रा परम्परा तथा चाड पर्व भावी पिढीँका लागि भए पनि जोगाउनु पर्ने भन्दै नेपाली नयाँ वर्षले मातृभूमिको सम्झना गराएको बताए। कार्यक्रममा स्थानीय कलाकारहरु शरद आचार्य र समीर आचार्यले हाँस्यव्यंग्य नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन दिलाएका थिए। नयाँ वर्षको लागि नेपाली नामबाट खोलिएको याक एण्ड यति नामक नेपाली चमेना गृहले विभिन्न परिकारहरु नेपाली खानाहरुको चाजो मिलाएको थियो।
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्य र नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रकाशित: १ वैशाख २०७१ ०३:२८ सोमबार





