६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

कास्मिरको आक्रमणमा चारको मृत्यु

श्रीनगर (भारत), (एजेन्सी)– भारतसमर्थक कास्मिरका राजनीतिज्ञ यावर मसुदको घरमा लडाकुले आइतबार गरेको आक्रमणमा दुई सुरक्षाकर्मी मारिएका छन्।लडाकुको आक्रमणमा कास्मिरको नेसनल कंग्रेस पार्टीका नेता मसुदको घरमा सुरक्षा दिइरहेका दुई प्रहरी मारिएका हुन्। तर मसुद भने आक्रमणबाट जोगिन सफल भएको सञ्चारमाध्यमले जनाएका छन्। कास्मिरको प्रमुख नगर श्रीनगरबाट २५ किलोमिटर दक्षिणस्थित मसुदको घरमा दुई जना विद्रोहीले गोली प्रहार गरेका थिए।
लडाकुको आक्रमण जवाफमा भारतीय सुरक्षाकर्मीले जबाफी हमला गर्दा दुई लडाकु मारिएको प्रहरीले जानकारी दिएको छ। नेसनल कंग्रेसका युवा नेता मसुद आक्रमणका बेला घरैमा रहे पनि उनलाई कुनै चोट नलागेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 
मसुद रहेको पार्टी नेसनल कंग्रेस कास्मिरमा सत्तारुढ छ। स्थानीय नेता तथा पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाका छोरा उमर अब्दुल्ला अहिले कास्मिरका मुख्यमन्त्री छन्। एक प्रहरी अधिकारीले दुई प्रहरीको अस्पताल पुर्या्उनुअघि नै मृत्यु भएको जानकारी दिए। लडाकुले प्रहरीको हतियार लुटेर भागेको र सेनाले लखेटेर उनीहरूले लिएको हतियार फिर्ता ल्याएको एक जना सरकारी अधिकारीले बताए।

प्रकाशित: ३० चैत्र २०७० २२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App