गाजियाबादको चुनावी सभामा राहुलले १५ करोड सर्वसाधारणलाई गरिबीबाट उकासेको दाबी पनि गरे। उनले ७० करोड भारतीय गरिबीको रेखाभन्दा माथि उठेका र अब कंग्रेसको लक्ष्य उनीहरूलाई मध्यम वर्गमा ल्याउनु रहेको बताए। राहुलले अप्रत्यक्ष रुपमा भाजपाका मोदीविरुद्ध निसाना लगाउँदै प्रमुख विपक्षी एक जनालाई मात्र अधिकार दिन चाहेको भन्दै देश विकासका सबै क्षेत्रमा महिलालाई सहभागी बनाउनु पर्ने बताए।
उता, उत्तर प्रदेशको बागपतमा भएको चुनावी सभामा मोदीले कंग्रेससँग मुलायमसिंह यादवको समाजवादी पार्टी, मायावतीको बहुजन समाजवादी पार्टीसहित राष्ट्रिय लोकदलमाथि समेत प्रहार गरेका थिए। मोदीले बागपतबाट चुनावमा उठेका लोकदल नेता र नागरिक उड्डयनमन्त्री अजित सिंहलाई 'हवाइ' नेताको उपमा दिए।
भारतमा अहिले भाजपाको लहर आएको दाबी गर्दै सभामा मोदीले भने, 'दस वर्षपछि सन् २०२४ को नारा कंग्रेसमुक्त भारत र अहिले २०१४ को सन्देश हो– कमल र मोदी।' मोदीले कंग्रेसको आलोचना गर्दै सर्वसाधारणले विभाजन होइन विकास खोजेको बताए। मोदीले सर्वसाधारणलाई अवसरवादीता नभएर रोजगारीको अवसर आवश्यक भएको भन्दै कंग्रेस अवसरवादी भएको र सर्वसाधारणलाई रोजगारीका अवसर सिर्जना गर्न नसकेको आरोप लगाए।
प्रकाशित: १५ चैत्र २०७० २१:५१ शनिबार





